हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विराटनगरमा खानेकुरा सर्किएर बालकको ज्यान गयो

हल्दिबारी न्यूज डेक्स- विराटनगर । खानेकुरा सर्किएर विराटनगरमा एक बालकको मृत्यु भएको छ । दूधसँग ओट्स मिसाएर खाँदै गर्दा सर्किएर १२ वर्षीय बालक हेमन ढकालको मृत्यु भएको हो ।

Advertisement

बुधबार बेलका दूधसँग मिसाएर ओट्स खाँदै गर्दा सर्किएर गम्भीर बनेका बालकलाई उपचारका लागि सप्तकोशी नर्सिङ होम हुँदै न्युरो अस्पताल लगिएको थियो ।

Advertisement

न्युरोमा उपचारका क्रममा मृत्यु भएको बाल कल्याण विद्या मन्दिर (विकेभिएम) का वरिष्ठ प्रशासनिक अधिकृत रामहरि देवकोटाले जानकारी दिए । उनका अनुसार मृतक बालक कक्षा ५ मा अध्ययनरत थिए ।-दिपेश कार्की

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)