हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

खोलाको पानी जमेर सिसा जस्तै बनेपछि..

हल्दिबारी l चिसो बढ्दै जाँदा देशभरको जनजीवन प्रभावित भइरहेको छ। बागलुङ जिल्लाको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्रमा भने चिसोले जनजीवन थप कष्टकर बनेको छ।

Advertisement

चिसो बढ्दै गएपछि यहाँका खोला तथा खोल्सा र धाराको पानीसमेत जम्न थालिसकेको छ। यस क्षेत्रका सबै विद्यालयको पठनपाठन बन्द गरिएको छ। चिसो बढ्दै गएपछि वर्षाको समय खेतीपाती, भेडा च्यांग्रा तथा भाईभैसी लिएर लेक गएका स्थानीय बेसी बोङगादोभान, बोवाङ झरेका छन्।

Advertisement

खोलाको पानी जमेपछि ढोरपाटन शिकार आरक्षमा कार्यरत कर्मचारी, नेपाली सेना स्थानीयवासीहरू जमेको खोलामा फोटो लिन पुग्ने गरेका छन्। बागलुङ र म्याग्दीको सीमाक्षेत्रमा बग्ने गुरघार खोला बिहानको समयमा जमेर सिसा जस्तो बन्ने गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)