-सन्तोष कार्की

बगैंचामा एउटा युवक निराश भएर बसिरहेको थियो , छेवैमा एक बृद्ध ब्यक्ति पनि बसिरहेका थिए । उहाँले उस निराश युवकलाई सोध्नुभयो: के भयो बाबू: किन यति धेरै निराश छौ?

युवकले रिसाउदै आफ्नो श्रीमतीको गल्तिहरुको बारेमा भन्यो: बृद्धले मन्द मुस्कुराउदै युवकलाई सोध्नुभयो: बाबू के तिमी भन्न सक्छौ – तिम्रो धोबी को हो? युवकले अचम्म मान्दै भन्यो: यसको मतलब? बृद्धले भने: तिम्रो महिलो कपड़ा कस्ले धुन्छ? युवक ले भन्यो : मेरो श्रीमती ले । बृद्ध ले सोधे: तिम्रो भान्से को हो? युवक – मेरो श्रीमती ।

बृद्ध – तिम्रो घर परिवार र सामानको ध्यान कसले राख्छ? युवक – मेरो श्रीमती ले । बृद्ध ले फ़ेरि सोधे: घरमा कोहि पाहुना आएभने उनीहरुको ध्यान कस्ले गर्छ? युवक – मेरो श्रीमतिले । बृद्ध – निराश हुँदा, दु:खपर्दा तिमिलाई कसले साथ दिन्छ? युवक – मेरो श्रीमती ले । बृद्ध – आफ्नो आमाबुबाको घर छाडेर जिन्दगीभरको लागि तिमिसँग तिम्रो साथ दिनलाई को आउँछ ? युवक – मेरो श्रीमती । बृद्ध – बिरामी हुँदा तिम्रो ध्यान कसले राख्छ? युवक – मेरो श्रीमती ले । बृद्ध ले भने – अर्को एउटा कुरा भन: तिम्रो श्रीमती यति धेरै काम र सबैको ध्यान राख्छिन , के कहिल्यै उनले यस कुराको तिमिसँग पैसा लिइन? युवक: कहिल्यै लिइनन ।

यश कुरामा बृद्ध ले भने: श्रीमतीको एउटा गल्ती हुँदा तिम्रो नजरमा देखा पर्यो , तर उनको यति धेरै गुणहरु तिमिले उसलाई कहिल्यै देखेनौं? किनकि श्रीमती भगवान ले दिनुभएको एक स्पेसल उपहार हो। त्यसैले उनको उपयोगिता जान्नुहोस् र उनको हेरचाह गर्नुहोस् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार