हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी/प्रदेश १ सरकारले पहिलो चरणमा ३५ हजारलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन दिने तयारी सुरु गरेको छ ।

सङ्घीय सरकारले प्रदेशमा करिब ३७ हजार खोप सोमबार पठाउँदै छ । १४ माघबाट प्रदेशका १४ वटै जिल्लाका ३५ हजार फ्रन्टलाइनरलाई खोप लगाउने गृहकार्य सरु गरेको हो ।प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईंका अनुसार दश दिनभित्र ३५ हजार फ्रन्टलाइनरलाई खोप लगाउने कार्यक्रम छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप लगाइने उनले बताए । ‘पहिलो चरणमा जिल्ला र क्षेत्रीय अस्पतालबाट खोप लगाउन सुरु गर्छाैं,’ उनले भने, ‘दश दिनभित्र ३५ हजार पाँच सय जनालाई खोप लगाउने योजना छ ।’ स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखिएको बताउँदै उनले स्थानीय तहहरूबाट खोप लगाउने व्यक्तिको नाम इन्ट्री गर्ने काम जारी रहेको जनाए ।

पहिलो चरणमा खोप लगाएकाहरूले एक महिनापछि पुनः दोस्रो डोज लगाउनुपर्ने उनले बताए । कोरोना भ्याक्सिन भण्डारका लागि विराटनगरमा रहेको क्षेत्रीय स्टोरलाई प्रयोग गरिने उनले बताए । ‘विराटनगरमा ७० हजार हाराहारी भ्याक्सिन राख्न सक्ने क्षमता छ,’ उनले भने, ‘जिल्लामा लैजानका लागि पनि व्यवस्था गरेका छौँ ।’ पहिलो चरणमा स्वास्थ्यकर्मी र त्यसपछि फ्रन्टलाइनमा खट्ने सफाइकर्मी, सुरक्षाकर्मीसहित अन्यलाई खोप लगाउने प्रदेशको योजना छ ।-देवेन्द्र किशोर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार