हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी : बझाङमा खुँडा प्रहार गरी युवकको हत्या भएको छ।जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिएका छन्‌।

छबिसपाथिभेरा गाउँपालिका-३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मंगलबार साँझ भएको विवाद पछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको हो। खुँडा प्रहार गर्नेमध्ये सोही गाउँपालिका वडा नम्बर २ का वर्ष ३२ का ज्ञानबहादुर कडायतलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ।

हत्यामा संलग्न प्रकाश ऐडी फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। हत्यामा प्रयोग गरिएको खुँडा बरामद गरिएको र शव जिल्ला अस्पताल सिमखेतमा राखिएको छ। शवको पोष्टमार्टम भने अहिलेसम्म नभएको र फरार व्यक्तिको खोजीकार्य भैरहेको प्रहरीले जानकारी दिएको छ।

यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ।-कर्ण क्षेत्रों (बझांग)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार