हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

सिक्किमद्वारा नेपालका बाढीपीडितलाई राहत तथा सहयोग हस्तान्तरण

झापा । नेपालका विभिन्न स्थानमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले सिक्किमको राहत टोली काठमाडौँ आइपुगेको छ। सिक्किम राज्य सहकारी आपूर्ति तथा बजारीकरण महासङ्घ (सिमफेड) का अध्यक्षको कार्यालयका अनुसार राहत टोलीले रसुवालगायत क्षेत्रका बाढीपीडितका लागि उद्धार तथा राहत सामग्री वितरणको काम सुरु गरेको छ।

Advertisement

​राहत वितरण अभियानअन्तर्गत टोलीले काठमाडौँस्थित ‘नेपाल बुद्ध धर्म सेवा सङ्घ’ (येलो गुम्बा) पुगेर त्यहाँ आश्रय लिइरहेका रसुवाका बाढीपीडित परिवारलाई खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ। विपद्को यस घडीमा छिमेकी राज्यका तर्फबाट मानवीय भ्रातृत्व र एकात्मता प्रकट गर्दै उक्त सहयोग उपलब्ध गराइएको टोलीले जनाएको छ।

Advertisement

​सिक्किमका मुख्यमन्त्री पेमसिंह तामाङ (गोले) को विशेष पहल र दूरदर्शी नेतृत्वमा सीमापारिका छिमेकीलाई विपद्का बेला सहयोग पुर्‍याइएको राहत टोलीका प्रतिनिधिहरूले बताएका छन्। राहत सामग्रीसँगै पीडित परिवारलाई मानसिक तथा भावनात्मक ढाडस र आशाको किरण फैलाउनु आफूहरूको मुख्य उद्देश्य रहेको टोलीको भनाइ छ।

​”विपद्को समयमा मानवताको कुनै सीमा हुँदैन, सिक्किम सधैँ नेपालको साथमा छ,” टोलीद्वारा जारी सन्देशमा भनिएको छ। यस मानवीय कार्यले सिक्किम र नेपालबीचको वर्षौँ पुरानो जनस्तरको सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाएको विश्वास लिइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)