अभिषेक खतिवडा। हल्दिबारी (झापा)— झापाको हल्दिबारी गाउँपालिका–४ स्थित मङ्गलबारे बजारमा युवाहरूको अग्रसरतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।


मङ्गलबारे बजार व्यवस्थापन समितिको अगुवाइ तथा स्थानीय युवाहरूको सक्रिय सहभागितामा आयोजित अभियानअन्तर्गत बजार क्षेत्रका सडक, नाली तथा सार्वजनिक स्थानमा थुप्रिएको फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको हो ।


पछिल्लो समय बजार विस्तारसँगै प्लास्टिकजन्य तथा अन्य फोहोरको अव्यवस्थित विसर्जनका कारण मङ्गलबारे बजार दुर्गन्धित बन्दै गएपछि युवाहरूले यो पहलकदमी लिएका हुन् ।

स्थानीय बजारलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । अभियानलाई निरन्तरता दिनुका साथै फोहोर व्यवस्थापनमा स्थानीयवासी, व्यवसायी तथा सम्बन्धित निकाय सबैको जिम्मेवार सहभागिता हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्
