हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ हप्ता अगाडि

रसुवा बाढी: मृत्यु हुनेको संख्या १,३४१ पुग्यो, साढे ४ हजार बढी अझै बेपत्ता

काठमाडौँ। रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ४१ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २१ गते बिहान ११ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार बाढीका कारण ठूलो जनधनको क्षति भएको हो।

Advertisement

​प्राधिकरणका अनुसार फेला परेका शवमध्ये चितवनमा सर्वाधिक ३६२, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२०, रसुवामा १६३, नुवाकोटमा १५५, धादिङमा ६७, गोरखामा ७४ र तनहुँमा ३८ वटा रहेका छन्। फेला परेका शवमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भई आफन्तले बुझिलिएका छन्।

Advertisement

​बाढीका कारण करिब ४ हजार ९ ९६ जना अझै सम्पर्कविहीन रहेका छन्। जसमा रसुवाका १ हजार ९६७, नुवाकोटका २ हजार ३४०, विदेशी नागरिक करिब ५८९ र सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० जना रहेका छन्।

​१३ हजारभन्दा बढीको उद्धार, उपचार जारी

विपत्‌पछि तीव्र पारिएको खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १३ हजार १०४ जनाको सकुशल उद्धार गरिएको छ। उद्धारमा नेपाली सेनाले ४ हजार १६२, नेपाल प्रहरीले ४ हजार ०६८ र सशस्त्र प्रहरी बलले ४ हजार ८७४ जनाको उद्धार गरेका छन्। उद्धारका क्रममा नेपाली सेनाले १७३ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक हवाई उडान भरेका छन्। उद्धार गरिएकाहरूमा ३०४ जना विदेशी नागरिकसमेत रहेका छन्।

​त्यस्तै, बाढीमा परी घाइते भएका ६ हजार०७५ जनाको उपचार भइरहेको छ। जसमा नेपाली सेनाबाट ३ हजार २९७, सशस्त्र प्रहरीबाट २ हजार ४६२ र विभिन्न अस्पतालहरूमा ३१६ जनाको उपचार भइरहेको छ।

​राहत र सुरक्षाकर्मी परिचालन

प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि २१ हजार ४६५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा ९ हजार २८७ नेपाली सेना, ७ हजार ९७५ नेपाल प्रहरी र ४ हजार २०३ सशस्त्र प्रहरी बलका जवान खटिएका छन्।

​काठमाडौँ, रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा ३ हजार ६५२ जनालाई राखिएको छ। प्रभावित क्षेत्रमा काठमाडौँबाट ८३ ट्रक र ३८ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामाग्री पठाइएको छ भने ९ वटा हेलिकप्टर उडानमार्फत पनि सामग्री आपूर्ति गरिएको छ।

​सरकारले रसुवा र नुवाकोट जिल्लाका लागि १–१ करोड, धादिङका लागि ५० लाख र प्रभावित १५ पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ४७ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र १८ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको प्राधिकरणले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)