साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पत्रिका बाँड्दा–बाँड्दै बिते पुराना पत्रकार गड्तौला

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी l विराटनगरका पुराना पत्रकार पुष्पराज गड्तौलाको निधन भएको छ । विराटनगर महानगरपालिका–५ त्रिमूर्ति चोक घर भएका ७१ वर्षीय गड्तौलाको शनिबार बिहान करिब ४ बजे निधन भएको हो ।

Advertisement

विराटनगरका पत्रकार शेखर रेग्मीका अनुसार गड्तौला शुक्रबार दिउँसो पत्रिका बाँड्न निस्किएका थिए । शनिबार बिहान अचानक मृत्यु भएको उनले बताए । रेग्मीलाई गड्तौलाले पत्रकारिता सिकाएका थिए । गड्तौलाले पुष्पाञ्जली साप्ताहिक र सन्देश दैनिक पत्रिका प्रकाशन गर्दै आएका थिए ।

Advertisement

केही वर्षयता भने उनले पुष्पाञ्जली साप्ताहिक मात्रै प्रकाशित गर्दै आएका थिए पत्रकार गडतौलाको असामयिक निधनं प्रति मृतात्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवार जनमा हल्दिबारी मिडिया प्रा,लि, हल्दिबारी डट कम परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article