हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रतिनिधिसभाबाट सरकारलाई असहयोग भएकाले बिघटन गरिएको भन्नु सरासर झुट : सिटौला

विनोद कुमार दाहाल – काठमाडौ :   नेपाली काङ्ग्रेसका नेता पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले बिना संबैधानिक अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकाले त्यसलाई सर्वोच्च अदालतले उल्टाइदिनेमा आफू बिस्वस्त रहेको बताए ।

Advertisement

उक्त कुरा उनले नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समिति क्षेत्र नं.३ ले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा व्यक्त गरेका हुन । नेता सिटौलाले सरकारको सबै कामहरुलाई संसदले सहयोग गर्दै आइरहेको समयमा प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट सरकारलाई असहयोग भएकाले बिघटन गरिएको भन्नु सरासर झुट भएको बताए । सिटौलाले आ–आफ्नो क्षेत्रबाट प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमको बिरोध गर्न आह्वान पनि गरेका छन् l

Advertisement

अन्तरक्रियामा कांग्रेस युवानेता कुन्दनराज काफ्ले ,झापा–काठमाडौं सम्पर्क समितिका उपसभापति रोशन लामिछाने, कोषाध्यक्ष खेम प्रसाईं, लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

डिल्लीबजारस्थित सांस्कृतिक संघ भवनमा आयोजित कार्यक्रममा झापा क्षेत्र नं.३ बाट काठमाडौंमा आई बसोबास गर्ने, नेपाली कांग्रेसमा आस्था राख्नेहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)