हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी गाईघाट/ सुनसरी जिल्लाको धरान लाई पूर्वी पहाडी जिल्लाहरुको यातायात सेवाको केन्द्र बनाउन यातायात व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने धरान उपमहानगरपालिका भेयर तिलक राईले बताएका छन् ।
पूर्वाञ्चलमा यातायात सेवा सञ्चालन गर्न धरानका व्यवसायीहरुले ठूलो लगानी गरेको इतिहास स्मरण गराउँदै उनले भने ‘अहिले चारैतिर सडक सञ्जालको विकास भएकाले धरान पूर्वको केन्द्र बन्ने सम्भावना बढेर गएको छ ।’ सुपर खोटाङ भोजपुर यातायात प्रालिको आइतवार दोस्रो साधारणसभाको उद्घाटन गर्दै मेयर राईले यातायात व्यवसायीहरु लाई उत्साहित गराएका हुन्
। धेरै युवाहरु अहिले यातायात व्यवसायमा उन्मुख भएको बताउँदै उनले सडकको विस्तार हुँदै गएपछि धरानको बजार पहाडी क्षेत्रमा सर्दै गएको छ साथै यातायात व्यवसायका सम्भावना अरु बढेकोमा ध्यानाकर्षण गराए । मेयर राईले यातायात क्षेत्रमा यात्रुको सेवाका लागि ऋण खोजेर व्यवसायमा लगानी गरेपनि राज्यबाट संरक्षणको परिणाममुखी नीति नल्याएकोमा असन्तोष प्रकट गरे । उनले भने ‘राज्यको नीतिविहीनताका कारणले यातायात व्यवसाय धराशायी बन्दै गएको छ ।’ यातायात व्यवसाय आफैमा सम्मानित सेवामुखी व्यवसाय भएको उनले बताए ।
सुपर खोटाङ भोजपुर यातायातका अध्यक्ष दिवासन राईले कम्पनीले हाल ४५ वटा सुमो गाडिले पूर्वी पहाडि क्षेत्रको यातायातका लागि सेवा दिइरहेको बताए । उनका अनुसार अत्याधुनिक सुविधा भएको १९ सिटे हायसले खोटाङ–काठमाण्डू सञ्चालन भइरहेको छ । धरान देखि खोटाङसम्म फुटल सेवा सञ्चालन गरिएको उनले बताए । बस र अन्य सेवा बाहेक एउटै कम्पनीको यो सबैभन्दा धेरै यातायात सेवा हो ।
कम्पनीले धरान–भोजपुर, धरान–खोटाङ, बाक्सिला, अैसेलुखर्क, पाथेका, खार्मी, नीर्मलीडाँडा सम्म यातायात सञ्चालन गरेको छ । निकट भविष्यमा धरान–खोटाङ सुविधायुक्त हायस गाडी सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । उनले भने ‘हामीले सुरक्षित यात्राको प्रतिवद्धता पुरा गर्दै आएका छौं ।’ साधारण सभाकै अवसरमा प्रालिले फुटल सेवाको पनि औपचारिक रुपमा उद्घाटन भएको घोषणा गरेको छ ।
साधारसभाले सञ्चालक समितिको रिक्त रहेका पदमा केही पदाधिकारीहरु मनोनित गरेको छ । मनोनित भएका पदाधिकारीमा उपाध्यक्ष कोपिला तामाङ, महासचिव चक्रबहादुर थापा, सचिव रेषजोन राई र कोषाध्यक्ष ईन्द्र बहादुर खडका छन् । सदस्यहरुमा राजु राई, शिव हिङ्माङ, योगेश राई र सुवास खड्का सर्वसम्मत रुपमा चयन भएको कम्पनीले जनाएको छ ।-दिनेश कार्की