हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भोलि नेपाल बन्द: अवरोध गरे कारबाही गर्छौंः प्रहरी

नेपाल कम्युनिष्ट पार्टी  ( नेकपा )प्रचण्ड–माधव नेपाल समूहको बिहीबारको नेपाल बन्दमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै उक्त समूहले नेपाल बन्दको घोषणा गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने भएको हो । नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरले आन्दोलनकारीहरु तोडफोडमा उत्रिए कारबाही गर्ने चेतावनी दिए ।

Advertisement

‘यसअघि पनि आन्दोलन भइरहेका छन् । त्यसमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै आएको छ । भोलि पनि सुरक्षा व्यवस्था कडा हुन्छ । तोडफोडमा उत्रिए कारबाही गर्छौं, यातायात र पसल खुला हुनेछन्’, प्रवक्त कुँवरले भने ।

Advertisement

यता प्रचण्ड–नेपाल समूहले भोली विद्यालय बन्द, यातायात, कलकारखाना, कार्यालय बन्द हुने दाबी गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलीको बन्दले परीक्षार्थीहरुलाई असर नगर्ने बताएका छन् । उनकाअनुसार परीक्षार्थीहरुले आफ्नो प्रवेशपत्र देखाएर आफ्ना साधनमा जान सक्नेछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)