हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

तानाशाही ओली सरकारले नौटंकी देखायो -खनाल

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले सडकमा जुलुस निकालेर डंका पिट्ने काम गरिरहेको आरोप लगाएका छन्।

Advertisement

प्रेस संगठन झापाले बिर्तामोडमा शुक्रबार दिउँसो गरेको पत्रकार भेटघाटमा खनालले सरकार तानाशाही भएको पनि प्रतिक्रिया दिए। पूर्वप्रधानमन्त्री समेत खनालले भने, ‘२०४६ सालपछि कुनै पनि सरकारले यसरी सडकमा जुलुस निकालेको इतिहास छैन, तर ओली नेतृत्वको सरकारले सडकमा जुलुस निकालेर हामी नै लोकप्रिय छौँ, लोकतान्त्रिक छौँ र संवैधानिक छौ भन्दै डंका पिटिरहेको हेर्दा आश्चर्य लागेर आउँछ।’

Advertisement

‘ओलीले नेकपा पार्टीको कार्य दिशा र सिद्धान्तका आधारमा चल्न नसक्नु, दक्षिणपन्थी अवसरवादी भड्काउ लागु गर्न थाल्नु, पार्टीका नीति, विधि, प्रक्रिया, पद्धतिका कुनै पनि कुराहरू नमान्नु र केन्द्रीय कमिटी, स्थानीय कमिटी र सचिवालयका निर्णयहरू समेत अस्वीकार गरेर जबरजस्ती मुलुकमा शासन चलाउनु खोज्नु नै प्रतिगमनको मुख्य कारण हो, त्यसै उहाँले संसद् विघटन गरेर प्रतिगमन गर्नुभयो,’ नेता खनालले भने।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)