हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भारतीय बजेटमा नेपाललाई अनुदान बढ्यो

हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी l भारत सरकारले नेपाललाई दिने अनुदान पौने दुई अर्ब रुपैयाँ बढाएको छ । गत वर्ष नेपाललाई ८ अर्ब ८० करोड भारतीय रुपैयाँ अर्थात १४ अर्ब ८ करोड अनुदान दिएको भारतले चालू वर्षमा बजेट बढाएर ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ अर्थात १५ अर्ब ८७ करोड २० लाख पु-याएको छ ।

Advertisement

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सोमबार सार्वजनिक गरेको भारतको बजेटमा नेपाललाई दिने अनुदान गत वर्षभन्दा १ अर्ब ७९ करोडले बढी हो । अनुदान पाउनेमध्ये भारतका छिमेकी देशमध्ये नेपाल दोस्रो हो । भुटानले ३० अर्ब ४ करोड भारतीय रुपैयाँ अनुदान पाउने भएको छ ।

Advertisement

सार्वजनिक बजेटअनुसार, म्यानमारले ४ अर्ब, अफगानिस्तानले ३ अर्ब ५० करोड, माल्दिभ्सले २ अर्ब ५० करोड तथा वंगलादेश र श्रीलंकाले २÷२ अर्ब भारतीय रुपैयाँ अनुदान पाउने बजेटमा उल्लेख रहेको छ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)