हल्दिबारी न्यूज डेक्स- चन्द्रगढ़ी । असम्बैधानिक संसद विघटन विरुद्ध आन्दोलन चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, ऐन कानुनको धज्जी उडाउँदै सम्बैधानिक नियुक्त गरेलगत्तै जनता समाजवादी पार्टी नेपाल झापाले आइतबार झापा जिल्लाको दक्षिणी क्षेत्र बनियानी मा अपरान्ह नाराबाजी सहित निस्किएको जुलुश बजार परिक्रमा पछि हुक्काहुक्की चौकमा पुगेर प्रधानमंत्री केपी ओली र राष्ट्रपति विद्या देवी भंडारीको पुत्ला दहन गरेको छ ।

पुत्लादहन पछि आयोजित सभामा बोल्दै पार्टी गाउ समितिका अध्यक्ष कर्ण राजबंशी, जिल्ला उपाध्यक्ष संगीत रौनियार, प्रदेश सदस्य शर्मिला आङदम्बे , गौरी मान राईले भने सर्वोच्च अदालतमा प्रधानमन्त्रीको कदम असम्बैधानिक भएको मुद्धा चलिरहेको बेला बुधवार विहान सरकारले अख्तियार अनुसन्धान आयोगमा आयुक्तलाई शपथ ग्रहण गराए लगत्तै देशव्यापी सशक्त आन्दोलनको घोषणा गरिएको हो ।

प्रधानमंत्री ओली नसच्चिए जनताले बालुबाटारबाट घिस्राल्दै सडकमा ल्याउने छन। कोणसभामा पार्टी जिल्ला सचिन देवेन्द्र किशोर ढुंगाना,जिल्ला अध्यक्ष अनुतसिह राजबंशी,केन्द्रीय सदस्य पृथ्वी कार्की, सूर्य नारायण गणेशले प्रधानमन्त्री ओलीले असम्बैधानिक कदम सच्याउनुको सट्टा संविधान ऐन कानुनको धज्जी उडाउँदै थप संविधान विरोधी काम गर्न थालेकाले पार्टीले बाध्यात्मक अवस्थामा प्रतिगमनको बिरुध्दमा आन्दोलन गर्नुपरेको बताए । -सनम राजबंशी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार