हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मानव वेचबिखन मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं, २०७७ माघ २८ गते l मानव वेचबिखन अपराध मुद्दाका फरार अभियुक्त मोरङ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने साईराम भन्ने ४२ वर्षीय भुपालमान श्रेष्ठलाई मंगलबार काठमाडौं सामाखुसीबाट प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

श्रेष्ठ समेतका व्यक्तिहरुले वैदेशिक रोजगारीको बहानामा २०६६ भाद्र महिनामा पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिई नक्कली राहदानी तथा वेटरको काम गरेको प्रमाणपत्र समेत बनाई दिएपछि रमेश खड्का भन्ने तुलाराम खड्काको साथ लगाई भारतको नयाँ दिल्ली पुर्‍याएका थिए । तत्पश्चात भारतीय र अरेबियनहरुको जिम्मा लगाएको र २ दिन पछि हैदर भन्ने भारतीय नागरिकसँग ३ लाख ५० हजार भारतीय रुपैयाँ लिई अभियुक्त नेपाल फर्किएको खुल्न आएको छ ।

Advertisement

पीडितलाई ४५ दिनसम्म बन्धक बनाई चरम शोषण दिएपछि दार्जिलिङ बस्ने एक ब्यक्तिको सहयोगमा भाग्न सफल भई नेपाल फिर्ता भएपश्चात् दिएको जाहेरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धानको क्रममा तुलाराम खड्का छुट्टाछुट्टै अपराधमा केन्द्रीय कारागारमा बन्दी जिवन बिताई रहेको खुल्न आएको छ ।

पक्राउ परेका श्रेष्ठ उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको तथा अन्य फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)