हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको भाउन्ने–कानेपोखरी खण्डको जंगलमा ‘पेट्रोल खानी जाने बाटो’ लेखिएको ठूलो बोर्ड छ वनभित्रको बाटो छिचोल्दै करिब ७ किलोमिटर दक्षिण पसेपछि बस्ती बीचमा ठूलो झाडी भेटिन्छ । जहाँ पाँच बिघा क्षेत्रमा घेराबार पनि गरिएको छ । दुई पटक विस्तृत अन्वेषण भइसके पनि त्यहाँबाट पेट्रोल निस्कने ननिस्कने अत्तोपत्तो छैन ।

बेलवारी नगरपालिका–८, राधानगरमा पर्ने त्यो ठाउँ उद्योग मन्त्रालयको संरक्षणमा छ । मन्त्रालयले दुई जना हेरालु पनि खटाएको छ । तेल खानी रहेको भनिएको क्षेत्रमा भग्नावशेष भन्न मिल्ने पाँचवटा गोदाम छन् । इटालीको सेल कम्पनीले ड्रिल गरेको ठाउँलाई भने प्लाष्टर गरेर सुरक्षित राखिएको छ ।

हेरालु राखेर मन्त्रालयले झाडी क्षेत्रको संरक्षण गर्दै आए पनि खानीको विस्तृत अन्वेषण प्रतिवेदन सार्वजनिक गरिएको छैन । फलतः उत्खनन्को काम पनि अघि बढ्न सकेको छैन । खानी क्षेत्र झाडीमा परिणत भएको छ । स्थानीयले गाईबाख्रा चरनका रूपमा झाडीलाई प्रयोग गर्दै आएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार