हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी । नेकपाका दाहाल–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले देशमा केपी शर्मा ओली श्री ३ बन्न खोजेको आरोप लगाएका छन । ओली श्री ३ बन्न खोज्दा देश संकटमा परेको उनको आरोप थियो ।श्री ३ श्री ५ लगायतका श्रीहरुको युग समाप्त भईसके पनि ओली अझै त्यही युगको बाटोमा रहेको उनको टिप्पणी थियो ।

सुनसरीको इटहरी १९ तरहरामा आयोजित २६ औ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओली निरंकुश ढंगले तानाशाही तरिका अपनाएर श्री ३ महाराज जस्तै शासन सञ्चालनमा छाइरहेको आरोप लगाएका हुन ।

कानुनी संवैधानिक ,गणतन्त्र र संधियता ल्याइसके बताउँदै ओली संविधान भन्दा माथि नरहेको स्पष्ट पारे । ओलीको मनपरी तन्त्र अब धेरै दिन नटिक्ने नेपालको भनाई थियो ।दाहाल–नेपाल समुहकी प्रभावशाली नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री ओलीले संविधान मिचेर च्यातेर अघि बढ्ने मार्ग अपनाउने प्रयास गरेकोमा आन्दोलनबाट मात्र उनको प्रयास सफल हुन नसकेको वताइन । थियो । कार्यक्रममा भिम आचार्य लगायतका नेताहरुले बोलेका थिए ।-कमला भट्टराई

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार