नेपाली कांग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका केन्द्रीय समितिमा पेश गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने गरी प्रस्ताव पेश भएको हो ।

नयाँ कार्यतालिकाअनुसार फागुन १५ सम्म समायोजनको काम टुंगो लगाउने, फागुन २८ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएको छ ।

त्यस्तै आउँदो असार २० गते वडा र पालिकाको अधिवेशन, २२ गते प्रदेश सभाको अधिवेशन, २५ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असार २७ गते, जिल्ला अधिवेशन असार ३० र प्रदेश अधिवेशन साउन ६ गते गर्ने नयाँ कार्यतालिकामा उल्लेख छ । पार्टीको केन्द्रीय अधिवेशन भने भदौ ७, ८, ९ र १० गते गरिनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार