हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी ४ का १२ युवालाई निशुल्क डाइभिङ्ग तालिम

हल्दिवारी ४ समाबेशी समितिको आयोजनामा एक महिने डाइभिङ्ग तालीमको कार्यबाहक वडा अध्यक्ष केदार प्रसाद उप्रेतीले उदघाटन गर्नु भएको छ ।

Advertisement

समाबेशी समिति संयोजक पवित्रा सिन्चिउरीको सभापतित्व तथा कार्यबाहक वडा अध्यक्ष केदार प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तालीमका बारेमा जानकारी गराइएको थियोे ।

Advertisement

डाइभिङ्ग तालीम उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथी उप्रेती , कार्यपालिका सदस्य गितादेबी भण्डारी ,वडा सदस्य महेसलाल मेचे ,जलथल स्वास्थ चौकी प्रमुख राम प्रसाद ढकाल ,डाईभिङ्ग प्रशिक्षक भुपेस श्रेष्ठ ,समाबेशी समिति संयोजक तथा कार्यक्रम सभापति पवित्रा सिन्चिउरी लगायतले तालीमको औचित्य माथी आ आफ्नो धारणा राख्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

हल्दिवारी ४ का अति विपन्न युवाहरूलाई सो- रोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको बताईएको छ । समाबेशी समिति सदस्य मिना गहतराजले स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण वडा सचीव जय पोखरेलले गर्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)