काठमाडौं , आज यस बर्षकै छोटो दिन परेको छ डिसेम्बर महिनाको २२ तारिखका दिन थोरै मात्र घाम लाग्ने भएकाले छोटो दिन रहनेछ । ज्योतिषशास्त्रीहरुका अनुसार आज दिन छोटो र रात लामो हुन्छ ।

त्यस्तै भोलीबाट भने दिन लामो र रात छोटा हुँदै जाने हुन्छ । आफ्नै समयअनुसार ग्रहले सौर्य मण्डलको परिक्रमा गरिरहेका हुन्छन् । यसलाई हामिले आधार मानेर दिन र गते गन्ने गरिन्छ ।

आज पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन र पृथ्वीको दक्षिणी खण्डमा यस वर्षकै सबैभन्दा लामो दिन र रात छोटो हुने ज्योतिषशात्रीले बताएका छन् । आज बिहान ६ बजेर ५१ मिनेटमा घाम झुल्किएको थियो भने बेलुका ५ बजेर १४ मिनेटमा घाम अस्ताउनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार