हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे प्रचण्डले दिए यस्तो प्रतिक्रिया

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला नेपाली जनताको जित भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापना गर्ने फैसला गरेपछि अध्यक्ष प्रचण्डले सर्वोच्चले उचित फैसला गरेको बताएका छन् ।

Advertisement

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग कुनै सम्झौता नहुने प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्र अ‍ोलीसँग कुनै सहमतिको सम्भावना नरहेको बताएका हुन् । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, उनले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाईं छ ।’

Advertisement

राष्ट्रपतिलाई महाअभियोग लगाउने चर्चाबारे प्रचण्डले त्यो आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् । राष्ट्रपतिले केपी ओलीको दवावमा परेकोले उनलाई महाअभियोग लगाइहाल्ने पक्षमा आफू नरहेको उनले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)