पेट्रोल,डिजेल र मट्टितेल

नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने भएको छ । आजै रातिदेखि नै बढाउने तयारी गरिएको आयल निगम स्रोतले जनाएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएपछि नेपालमा पनि बढाउनुपरेको निगम स्रोतले जानकारी दियो ।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमतिअनुसार आईओसीले आजदेखि सोमबार ९मार्च १० गतेदेखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ २० पैसा, डिजेलमा ४ रुपैयाँ ७ पैसा, मट्टितेलमा ४ रुपैयाँ ६५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ६ पैसा तथा ग्यासमा प्रतिसिलिन्डर ९१ रुपैयाँ ९६ पैसा बढेको छ ।

तर निगमले खरिद मूल्यअनुसार तेलको मूल्य नबढाउने जनाएको छ । हालको मूल्यमा तेल बिक्री गर्दा निगमलाई पाक्षिक एक अर्ब ५४ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको निगमले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार