गृहमन्त्री रामबहादुर थापा बादलले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्ता पहिलो दिनमै सहमति नजिक पुगेको बताएका छन् । बुधबार बिहान विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि गृहमन्त्री बादलले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका हुन् ।

‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ । धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ’, उनले भने । सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका बादलले अन्य सैद्धान्तिक विषयहरुमा सहमति रहेको र छिट्टै नै सुखद् परिणाम आउने विश्वास व्यक्त गरेका छन् ।

सरकारले मंगलबार गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । सदस्यमा प्रधानमन्त्री केपी ओलीका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई छन् भने विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र दीपक चलाउने रहेका छन् ।

वार्तामा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न र पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई बिना सर्त रिहाइ गर्न माग गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार