प्रधानमन्त्री केपी ओली नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता वामदेव गौतमको निवासमा पुगेर भेटवार्ता गरेका थिए ।

शुक्रबार साँझ प्रधानमन्त्री ओली गौतमको ललितपुरको भैँसेपाटीस्थित निवासमा पुगेका हुन् । नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र नेता गौतमबीच समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको बुझिएको छ ।

यसअघि प्रधानमन्त्री निवास पुगेर गौतमले प्रधानमन्त्री पदबाट राजीनामा दिएर पार्टी एकता जोगाउन आग्रह गरेका थिए । तर प्रधानमन्त्री ओलीले भने एक वर्ष आफूलाई प्रधानमन्त्रीमा कायमै राखेमा त्यसपछि नेकपाकै कुनै नेतालाई प्रधानमन्त्री बनाउने शर्तमा पार्टी एकता जोगाउने बताउँदै आएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार