हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा अर्गानिक मल, झोल तथा करेसावारी उत्पादन सम्बन्धि ४ दिने प्रशिक्षण शुरु

जलथल, झापा । परिवर्तन कृषि तथा पशुपन्छी मिश्रति कृषक समुहको आयोजनामा ४ दिने अर्गानिक मल ,झोल तथा करेसा वारि उत्पादन सम्बन्धि प्रशिक्षण हल्दिवारी ३ मा आजबाट शुरु भएको छ ।

Advertisement

समुहका अध्यक्ष अजित बिस्टको सभापतित्व तथा हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिको प्रमुख आतिथ्यमा भएको प्रशिक्षणमा ३५ जनाले भाग लिएका छ्न ।

Advertisement

हल्दिवारी गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा संचालित प्रशिक्षणमा वडा ९ वडा कृषि समूह ,२ वटा कृषि सहकारी तथा उत्कृष्ट कृषक गरि ३५ जनालाई प्रशिक्षण दिन लागिएको समुहका अध्यक्ष बिस्टले बताए । उनिहरुलाई बिषादि मुक्त अभियानका अभियान्ता सतेन्द्र कुमार कर्ण र झापाकै उत्कृष्ट किसान राजेन्द्र कडरियाले ४ दिन सम्म तालीम दिने कार्यक्रम रहेको छ ।

प्रशिक्षण उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथी डम्बरबहादुर गिरि ,वडा सदस्य तथा कृषि वडा संयोजक नेत्र बहादुर गिरि ,सिम्रिक सहकारी का कार्यकारी प्रमुख कमल बहादुर बस्नेत ,समुहका अध्यक्ष अजित बिस्ट्ले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

उक्त कार्यक्रममा डिकविर राईले स्वागत गर्नु भएको थियोे भने सहजीकरण याम बिस्टको रहेकोे थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)