प्रतिनिधि सभाको बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ l नेकपाका प्रचण्ड(नेपाल समूहले बहिष्कार र कांग्रेसले अवरुद्ध गरेपछि बैठकको नयाँ मिति तोकिएको हो ।



बैठक फागुन २६ गते बुधवार दिनको १ बजे बस्ने जानकारीसहित सूचना टाँस गरिएको छ ।पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा कार्यसूचीका विषयलाई लिएर नेकपाको प्रचण्ड(नेपाल पक्षले बहिष्कार गरेको थियो ।
त्यस्तै नेपाली कांग्रेसले अध्यादेश पेश गरिएको सन्दर्भलाई लिएर नाराबाजीसमेत गरेको थियो ।कांग्रेसको नाराबाजीपछि सभामुख अग्निप्रसाद सापकोटाले १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए ।तर १० मिनेटपछि पनि बैठक बस्न सकेन । त्यसपछि सूचना टाँस गरेर बैठक ३ दिनका लागि स्थगित गरिएको हो ।
