काठमाडौँ । करिब १ करोड रुपैयाँ लिएर साना किसान समूहकी अध्यक्ष भागेकी छिन् । खबर हो कञ्चनपुरको । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाकी साना किसान सहकारी संस्था पिपलाडीका अध्यक्ष कलावती दमाई (नेपाली) ८० लाख रुपैँया बोकेर भागेपछि खैलाबौला भएको छ ।
अध्यक्ष दमाईले साना किसान सहकारी संस्थाबाट आफनै नाममा एक लाख ५० हजार ऋणसमेत लिएकी सहकारीका प्रबन्धक माधवी गिरीले बताइन्। उनले कुल ८० लाख रुपैँया निकालेको र बन्साहास्थित घरमा ताला लगाएर कलावती लामो समयदेखि सम्पर्कविहीन भएपछि पीडित स्थानीयले खोजतलासका लागि वडा र प्रहरीलाई गु हारेपछि प्रहरीले अहिले उनको खोजीकार्य अगाडी बढाएको बताइएको छ ।
सहकारी र वित्तीय संस्थामा रकम बचत गर्दै आएका व्यक्तिका नाममा रहेको रकम समूह जमानीका आधारमा ऋणका रुपमा उनले झिकेकी वडाध्यक्ष हरीश विष्टले बताए।

















