समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

राष्ट्रपति भण्डारी बंगलादेश भ्रमणमा जाने

 २७ फागुन । गत वर्ष रोकिएको राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण आगामी महिलाका लागि तय भएको छ । बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी चैत दोस्रो साता बंगलादेश जान लागेका हुन् ।

Advertisement

२०७६ कातिक २६ गते बंगलादेशी राष्ट्रपति अब्दुल हमिद चार दिने नेपाल भ्रमणमा आएका थिए। त्यसपछि बंगलादेशको निमन्त्रणामा नेपालबाट पनि राष्ट्रप्रमुख तहबाट नै बंगलादेश भ्रमण गर्ने योजना बनेको हो। तर कोरोना महामारीका कारण रोकिएको सो भ्रमणलाई आगामी चैत दोस्रो साता गर्ने गरी तय भएको हो। ९ चैतमा राष्ट्रपति बंगलादेश जाने सम्भावना रहेको स्रोत बताउँछ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article