हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बिमा अभिकर्ता सशक्तीकरण अभियान  आज नेपालगन्जमा सम्पन्न 

नेपालगंज, कोहलपुर । यहि माघ २७ गते बिरगंज बाट शुरु गरिएको “बिमा अभिकर्ता सशक्तिकरण अभियान” फागुन २७ गते नेपालगंजमा, पेशागत बिमा अभिकर्ता संघका बिमक समिति सदस्य तथा त्यस क्षैत्रका इन्चार्ज गुमानसिंह रावतको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष नन्द प्रसाद तिवारीको आतिथ्यमा सम्पन्न।

Advertisement
केन्द्रिय उपाध्यक्ष तथा बिमक अध्यक्ष राजेन्द्र अमात्य, केन्द्रिय सदस्य तथा बिमक बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद आचार्य  तथा  ५ शाखा समितिका अध्यक्षहरुले बोल्नु भएको कार्यक्रममा बिमक समिति सचिब ऋषिराम भुसाल ले स्वागत मन्तव्य राख्दै कार्यक्रम को बारेमा उजागर गर्नु भएको थियो।
अध्यक्ष तिवारीले सबै कम्पनिका संघहरु सबल हुन आवश्यक रहेको सशक्तिकरण को माध्यमबाट सो कार्य पुरा हुने कुरा बताउनु भएको थियो भने नेपाल लाइफको भित्रको संघले १७ वटा कार्यक्रम घोषणा गरि १२ कार्यक्रम मार्फत उच्च मनोबल का साथ संघमा आबद्ध हुदै अधिकार सुनिश्चित गर्न अग्रसर हुन आह्वान गर्नु भएको थियो भने वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद आचार्य ले हामि भित्रबाटै सुध्दिकरण गर्दै सम्पुर्ण शेयरहोल्डर, कर्मचारि भित्र पनि व्यापक रुपमा चरित्रवान भै इमान्दार साथ कार्य नगरे बिमा बजार दुर्घटना तर्फ जान सक्ने कुरा जोड दिनु भएको थियो ।
,नया कम्पनिहरु आएका कारण लाइसेन्स घर घर पुर्याएको कारण राम्रा  अभिकर्ताहरुको मनोबल गिर्दै गएको र अधुरा तालिमले बजारमा बिकृति बढेको कुराले कार्यक्रममा उच्च स्थान पाएको थियो।
 शाखा अध्यक्ष हरुले शाखा शाखामा बिकृति को जालोले घेरि सकेको कुरा बताएका थिए। रोजगारको क्षेत्रमा, देशको अार्थिक सुदृढता अभिकर्ताहरुको उड्न योगदान रहेको कुरा अभियानले महसुस गरेको थियोे ।
भोलि धनगढीको अतरियामा कार्यक्रम हुने बताईएको छ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)