– सरोज दाहाल
संखुवासभा कांग्रेसको समग्र नेतृत्व रुपान्तरण, नेतृत्व परिवर्तन र योग्य युवा नेतृत्व निर्माण गरी ७७ जिल्लालाई नै उदाहरण पेश गर्नुपर्ने अबको जिल्ला अधिबेशनको दायित्व हुनुपर्छ ।‘हामी कहाँ चुक्यौं, समीक्षा गर्नुपर्छ, र, अब दीर्घकालीन सोच र योजना निर्माण गरी समग्र संखुवासभा बासीको लोकप्रिय पार्टी नेपाली कांग्रेस नै हो भन्ने स्थापित गर्नुपर्ने चुनौती र सामना पनि नेतृत्व माथी छ जुन अबको अधिबेशनले दिन सक्नु पर्छ।
अघिल्ला निर्वाचनहरूको समीक्षा गर्दै अब अग्रजहरूले युवाको काँधमा नेतृत्व सुम्पिदै अग्रज नेताहरूले अभिभावकीय भूमिका निभाउनुपर्छ, नेतृत्वमा युवा आउनुपर्छ तब हामी तमाम चुनौती लाई सामना गर्दै अगि बडन सकिन्छ।अभिभावकीय भूमिकामा बस्दा अग्रज नेताहरूको सम्मान अझै बढ्ने र युवाले काम गर्ने अवसर प्राप्त गर्ने भएको यसले जिल्लामा पार्टीका गतिविधिमा नवीन सोच जाँगर सिर्जना हुने जनताले पनि साथ र समर्थन प्राप्त गर्न सकिन्छ जुन कांग्रेसको लागि उपलब्धिमुलक बन्छ।
नेपाली कांग्रेसको वर्तमान नेतृत्वले आफ्नो समयमा राम्रो काम गरेको कुरालाई जिल्ला, नगरपालिका, गाउँपालिकादेखि वडासम्मलाई सशक्त रुपमा प्रचार गराउन सक्ने नेतृत्व आगामी अधिवेशनबाट स्थापित हुन जरुरी छ ।कुरा संखुवासभा मात्रै होइन, हामीले सिंगो राष्ट्रलाई हेर्नुपर्छ राष्ट्रको समृद्धि र विकासका लागि संखुवासभा ले गर्ने निर्णय, यहाँको जिल्ला नेतृत्वका गतिविधि र संखुवासभाले बोक्ने एजेण्डाहरू राष्ट्रकै एजेण्डा लान आदरणीय अग्रज नेता पहल गर्नुपर्छ युवाको नेतृत्वले सधै साथ दिन्छन ,अधिबेशनले नया सोछ युवाको काधमा जिम्मेवार अग्रजको सम्मानको साथमा अधिबेशन सम्पन्न हुनु पर्छ।कम्युनिष्ट पार्टीको वर्चस्वलाई तोड्न, राष्ट्रलाई उचित गति दिन,लडेर प्राप्त राजनीतिक उपलब्धिहरुलाई संरक्षण गर्दै आर्थिक विकास गर्न समयमा काँग्रेस सशक्त, सुदृढ र एकताबद्ध हुनुको विकल्प छैन ।
नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणालीप्रति प्रतिबद्ध गराउन, नेपाली काँग्रेसमा तिनीहरुको आकर्षण र सहभागिता विस्तार गर्न, रोजगारमुखी उद्यमशील युवापुस्तालाई सक्रिय गराउँदै पार्टीमा सबै पुस्ताको समन्वय खोज्नुपर्ने आजको आबश्यकता हो ।
पाटिको महाधिवेशनलगत्तै हुने स्थानीय र त्यसपछिको संसदीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीले आफ्नो महाधिवेशन बाट नेतृत्व चयन गर्नुपर्ने र एकताको सन्देश दिनुपर्ने समय छ । पार्टी एकतावद्ध हुन सके आगामी संसदीय निर्वाचनमा काँग्रेसले बहुमत ल्याउन सकिन्छ ।समयमा भर्को महाधिवेशनले नेतृत्व नयाँ चयन संगै आमनागरिक, मतदाता र पार्टी सदस्यमा विश्वास र ऊर्जा भर्न सक्छ ।नेतृत्व र वैचारिक एकता भएको काँग्रेसले मात्रै आगामी निर्वाचनमा बहुमत ल्याउन सक्छ ।नेपाली कांग्रेसको ध्यान यता जानू जरुरी छ ।
हाम्रा पुर्खा नेपाली कांग्रेस संखुवासभा संस्थापक आदरणीय नेता ज्युहरु आफ्नो नैतिकता र इमानदारिता लाई निकै महत्त्व दिनुहुन्थो जसलाई नेपाली जनताले ठुलो कदर गर्थे , यीनै कुरालाई ध्यानमा राख्दै पुर्खाको बिरासतलाई उच्च सम्मान गर्दै नेपाली राजनीतिलाई नैतिकता ,इमानदारी र निष्ठाको बनाउदै आफ्नो नविनतम बिचार सहितको नेपालको समृद्धि र बिकास गर्ने नेतृत्व अवको नेपाली कांग्रेसको महाधिवेशनबाट जनताले चाहेका छन ।
जिल्लाको आर्थिक-सामाजिक राजनीतिक रूपान्तरणको यात्रामा पनि त्यही जाँगर र समर्पणका साथ अघि बढ्न जरुरी छ । संघीय लोकतान्त्रिक संविधानको जगमा नेपाललाई अखण्डित, समतायुक्त, सम्पन्न र सम्मानित नेपाली बस्ने साझा घर बनाउनका निम्ति जनतासँगै अग्रमोर्चामा कटिवद्ध रहनु, जसका लागि तपाइहरुको फेरि एक पटक मार्गदर्शन, भरोसा र विश्वास समृद्ध संखुवासभा नेपाली कांग्रेस लाई नयाँ पुस्ताले नयाँ सोच र योजनाका साथ अगाडि लैजान पाउनु पर्छ । अबको जिल्ला अधिबेशनको संकल्प हुनुपर्छ।
(लेखक : संखुवासभा नेविसंघका पुर्व उपसभापति हुन ।)