हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् विस्तार

 प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार दिउँसो आफ्नो पक्षलाई साथ दिएकाहरूलाई समेटेर राईले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

Advertisement

मुख्यमन्त्री राईले टंक आङबोहाङ, उषाकला राई, राम राना, अम्बिरबाबु गुरुङ, कला घले र राजकुमार ओझालाई मन्त्री र राज्यमन्त्ती बताएका हुन् । आङबोहाङलाई आर्थिक मामिला तथा योजना, राईलाई सामाजिक विकास, रानालाई भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

Advertisement

यस्तै, गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, घलेलाई कृषि राज्यमन्त्री र ओझालाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले सपथ गराउँदैछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)