हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

राजपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन कांग्रेस र माओवादी तयार !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी९राजपा०का अध्यक्ष महन्थ ठाकुरलाई नै प्रधानमन्त्री बनाउन तयार रहेको बताएका छन् । प्रचण्डले कांग्रेसलाई पनि सहमत गराएर ठाकुरकै नेतृत्वमा ओलीविरुद्ध गठबन्धन बनाउन सकिने बताएका हुन् ।

Advertisement

शनिबार राजधानीमा आयोजित बृहत नागरिक आन्दोलन’ को कार्यक्रममा नागरिकको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले महन्थ ठाकुरलाई भने, ‘हामी मिलौँ, हप्ता दश दिनमा तपाईं सरकारको नेतृत्व गर्नुस्, र सबै माग पुरा गर्नुस् । ओली कहाँ किन धाइ रहनु भएको छ रु’

Advertisement

तपाईले मलाई चिन्नु नै भएको छ, उनले महन्थ ठाकुरलाई भने, मैले संसदमा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको हो तर प्रधानमन्त्री ओलीले त्यो पास हुन नदिएको कुरा पनि तपाईंलाई थाहा छ । अनि दिनका दिन उहाँ कहाँ किन धाइ रहनु भएको छ ।’

यता नेपाली कांग्रेस पनि ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिनुभन्दा महन्तकै नेतृत्वमा सरकार बनाउनु उपयुक्त हुने सोचमा पुगेको बताइन्छ । बृहत नागरिक आन्दोलनकै कार्यक्रममा कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी ओली नेतृत्वको सरकारलाई आफूहरुले विश्वासको मत दिन नसक्ने बताए थिए ।

रिजालले वर्तमान प्रधानमन्त्री ओलीमाथि आफूहरुको सुरुदेखि नै विश्वास नगरेको बताए । त्यसैले भोलिका दिन प्रधानमन्त्री विश्वासको मत लिन आए कांग्रेसले विश्वासको मत दिन नसक्ने उनले प्रष्ट पारे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)