हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

उदयपुरको पाँच गाउँमा पहिलोपटक बिजुली

bidut

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी चैत्र,२० / उदयपुरको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली पुगेको छ । सधैँ अन्धकारमा रहँदै आएका गाउँमा बिजुली पुगेपछि स्थानीय हर्षित बनेका छन् ।

Advertisement

उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली पुगेको हो । उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतका अनुसार गाउँपालिकाको विकट पाँच गाउँ करिब एक ५० घरधुरीमा बिहीबार पहिलोपटक बिजुली पुगेको हो ।

Advertisement

प्रदेश १ सरकारको एक करोड २० लाख रुपैयाँ र बलान सामुदायिक वनको सात सात लाख रुपैयाँ गरेर कूल एक करोड २७ लाख रुपैयाँको लागतमा दुर्गम गाउँमा विद्युत् विस्तार गरिएको हो । पहिलोपटक बिजुली बलेपछि मैनीटारका ६७ वर्षीय गणेश अधिकारीले गाउँमा बिजुली आउँछ भन्ने कुरा सपनामा पनि नसोचेको बताए ।

सिरहाको लहान शाखाको बलान कद्माहा खण्ड हुँदै उदयपुर गढी गाउँपालिकाको दुर्गम गाउँमा विद्युत् विस्तार भएको हो ।-दिनेश कार्की,गाईघाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)