हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सरकारको विरुद्ध लिम्बुबानको हूंकार

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी चैत्र २५/झापा जिल्लाको क्षेत्र नं५ मा चिन सरकार व्दारा निर्माणाधीन इण्डष्ट्रीयल पार्क निर्माण को क्रममा स्थानीय जनतालाई मुअब्जा बितरणको क्रममा भेदभाबपूर्ण ब्यबहार गरेको,दमक स्थित आदिवासी जनजाति रंगशाला को नाम परिवर्तन गर्न नहुने र प्रदेश नंबर १को नामाकरण गर्दा लिम्बुबान हुनु पर्ने ११बुंदे मांग सहितको ज्ञापन पत्र संघीय लिम्बुबान मंच नेपाल ले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमंत्री समक्ष बुझाएको छ।

Advertisement

मंचका जिल्ला अध्यक्ष धनबहादुर पन्धाक र जिल्ला इन्चार्ज भानू भट्टराई व्दारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापन पत्रमा बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार ले बिगतमा भएका सहमतिको उलंघन गर्दै स्वेच्छाचारी ढंगले अगाडि बढेर मदन भण्डारी अन्तर्राष्ट्रीय रंगशाला नामाकरण गरेको,लिम्बुबानको पहिचान मेट्ने प्रयास गरेको,चिन सरकारको लगानीमा निर्माण गरिने भनिएको इण्डष्ट्रीयल पार्क क्षेत्रका जग्गाधनीहरुलाई दिइनु पर्ने मुआब्जामा अन्याय गरेको भनि बिरोध स्वरुप मंचले जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिई प्रजिअ,श्रबणकुमार तिम्सिना समक्ष ज्ञापन पत्र बुझाएको हो।

Advertisement

लगभग हज्जारौको संख्यामा त्यहां पुगेका लिम्बुबानी जनताले लिम्बुबानी भूमिमा निर्माण गरिएका दिर्घकालिन आयोजनामा पहिचानबादीहरुलाई पक्षपात गर्ने कार्यप्रति मंचको गंभीर ध्यानाकर्षण भएको भन्दै प्रधानमंत्री ओलीले गत फागुन १६गते धमक नगरपालिका,कमल गाउं पालिका, गौरादह नगर पालिकामा शिलान्यास गरेको नेपाल चिन औद्योगिक पार्क के हो? यो पार्कमा के के निर्माण गरिने हो?त्यसको बास्तबिकता थाह हुनु पर्ने मांग गरिएको ज्ञापन पत्रमा उल्लेख छ।

ज्ञापन पत्रमा भनिएको छ कि पार्क निर्माण हुने स्थान मा स्थानीय जनताको जमिनको मुआब्जा बितरणमा बैज्ञानिकता भएन।उक्त मांग सहितको आबाज उठाउन मंचव्दारा गठित क्लिनपार्क मुआब्जा संघर्ष समिति को तर्फबाट संयोजक खगेन्द्र बहादुर भट्टराईले पनि पत्र बुझाएको छ।-प्रमुख समाचारदाता

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)