हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

विभूषणमा पुरानै नक्शा राखिएकोबारे गृह मन्त्रालयले दियो यस्तो स्पष्टिकरण

गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ । सुशोभन भएको विभूषणमा अङ्कित नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले घोषणाको तयारी र वितरणको प्रस्तावित समय रहेका बेलाको नेपालको आधिकारिक नक्सा नै विभूषणमा अङ्कित भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई विसं २०७६ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भई २०७७ वैशाख १ मा वितरणको लागि तयारी गरिएको भए पनि कोभिड–१९ का कारण २०७७ वैशाख १ मा वितरण हुन सम्भव नभएकाले हालै मात्र उक्त सुशोभन भएको मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएका विभूषणमा सोहीबमोजिमको नक्सा अङ्कित भएको र यसको सुशोभन आगामी वैशाख १ गते गरिने पनि मन्त्रालयद्वारा जारीे विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)