हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेकपा एमाले ओली पक्षद्वारा संसदीय समितिमा हेरफेर

काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली नेतृत्वको खेमाले संसदीय समितिहरूमा रहेका सदस्यहरूको जिम्मेवारी हेरफेरको सिफारिस गरेको छ ।

Advertisement

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरेपछि ब्यूँतिएको ओली खेमाले सबैभन्दा ठूलो दलको हैसियतमा रहेकाले नेकपाको संरचनाअनुसारको समितिका सदस्यहरू वैधानिक नभएको भन्दै त्यसमा हेरफेरको सिफारिस गरेको थियो।
एमालेले कार्य व्यवस्था परामर्श समितिमा खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, लालबहादुर थापा, विशाल भट्टराई र शान्ता चौधरीलाई सिफारिस गरेको छ।

Advertisement

उता संसदीय सुनुवाई समितिमा निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र नेपाल–खनाल पक्षका राजेन्द्र राईलाई राखिएको छ।यस्तै सार्वजनिक लेखा समितिमा गोकुल बास्कोटा र राजेन्द्र गौतमलाई सिफारित गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)