हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

शेयर कारोवार नेप्से हालसम्मकै उच्च विन्दुमा

 धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्सेको वृद्धिको क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो ।

Advertisement

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर दुई हजार ६९१.५५ मा पुगेको छ । नेप्सेले अब दुई हजार ७०० को यात्रा तय गरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ विन्दुले उकालो लागेर ४८०.२९ मा पुगेको छ । कूल २१६ कम्पनीको एक करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयर रु सात अर्ब ६१ करोड आठ लाख ८२ हजार ५० मा कारोवार भयो ।

Advertisement

आजको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब २६ अर्ब ८० करोड ६५ लाख ६० हजारको हाराहारीमा पुगेको छ । यो मुलुकको कूल ग्रार्हस्थ उत्पादन (जिडिपी)को हाराहारी हो । कारोवार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ ।

बैंकिङ १७.८१, विकास बैंक ३९.३६, निर्जीवन बीमा १६३.७६, उत्पादन १४.०६, लघुवित्त १८८.५६, जीवन बीमा १९७ ७९ र सामूहिक लगानी कोष ० ०२ ले उकालो लागेको छ । यस्तै, व्यापार ६९ ६२, होटल तथा पर्यटन ७५ १९, जलविद्युत् ४२ ६७, वित्त १ ३६, अन्य २९ ७२ र लगानी ० ३३ विन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २५ करोड सात लाख १८ हजार ४७६ कारोवार भयो । यस्तै, नबिल बैंक रु २४ करोड ५३ लाख ५६ हजार ९६०, नेपाल पूर्वाधार बैंक रु २२ करोड ११ लाख ९७ हजार ५७०, नेपाल बैंक रु २१ करोड ४६ लाख १३ हजार ४९५ र गरिमा विकास बैंक रु १९ करोड ८१ लाख ११ हजार ९५४ बराबरको कारोवार भइ शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा एनआइसी एशिया लघुवित्त ९ ९६, महिला लघुवित्त ९ ९५, छ्याङ्दी हाइड्रोपावर ९ ८७, ज्योति लाइफ इन्स्योरेन्स ९ ८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ९ ८० प्रतिशतले कमाए । यसैगरी साञ्जेन जलविद्युत् कम्पनी ४ ४१, हिमाल दोलखा हाइड्रोपावर ३ ९५, युनाइटेड मोदी ३ ६५, युनिभर्सल पावर कम्पनी ३ ४७ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ३ ३६ प्रतिशतले गुमाए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)