हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सत्ता,स्वार्थ र भागबन्डाको लुछाचुढिले मुलुक अस्थिर :- कमल थापा 

kamal thapa
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्ट असफल साबित भएको भन्दै सत्ता,स्वार्थ र भागबन्डाको लुछाचुढिका कारण मुलुक अस्थिरताको दलदलमा फसेको बताएका छन् ।
राप्रपा काठमाडौं महानगर समितीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले संबैधानिक अंगका प्रमुखहरु माथी नै गम्भीर आरोप -प्रत्यारोप हुनु ,एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य ब्यबस्था माथी प्रश्न चिन्ह खडा भएको बताए। गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको बाटोबाट मुलुकलाई समृद्धिको बाटो तर्फ लैजान नसकिने भन्दै त्रुटिपूर्ण मार्गचित्र परिबर्तन गर्नको निमित्त गम्भीरता पुर्बक चिन्तनमनन हुनुपर्नेमा थापाको जोड थियो।
अहिले मुलुकको ठुलो समस्या भनेको भ्रष्टाचार , बेरोजगारी ,धर्मपरिबर्तन,कुशासन र सर्बसत्ताबाद भएको भन्दै थापाले यसको निमित्त लड्न सक्ने बैकल्पिक शक्ति मुलुकले खोजिरहेको समेत बताए। बिदेशीबाट पालित पोसित भनी आरोप लगाउने, अनि तेहि ब्यक्तिको सरकारलाई समर्थन गरिरहने उदेकलाग्दो राजनीति अहिले मुलुकमा भएको भन्दै थापाले गणतन्त्रका सम्बाहक शक्तीले नै गणतन्त्रलाई गाईजात्रे ब्यबस्थामा रुपान्तरण गरेको बताए । राप्रपालाई मुकुक र जनताले खोजेको बैकल्पिक शक्ति बनाउनको निमित्त महाधिवेशन केन्द्रित भई संगठन निर्माणमा होमिनुपर्ने आबश्यकता रहेको समेत थापाले औल्याए।
कार्यक्रममा राप्रपा नेताहरु बिक्रम थापा, वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई, ईन्द्र चित्रकार, तारा लुईटेल, डा.जयन्तनाथ खनाल, राजाराम बर्तौला, नबराज सिम्खडा लगायतको उपस्थिति रहेको थियो भने महानगर अध्यक्ष केदार धमलाले स्वागत गरेका थिए।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)