हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

विराटनगरबाट हराएका बालक सिंघीया खोलामा मृत फेला

डेक्स प्रमुख/हल्दिबारी मिडिया चन्द्रगढी / विराटनगरबाट शनिबारसाँझदेखि हराइरहेका एक बालक आइतबार बिहान विराटनगरकै सिंघीया खोलामा मृत फेला परेका छन् ।

Advertisement

विराटनगर महानगरपालिका–८ हाटखोला घर भएका ७ वर्षीय उलब बस्नेतको शव खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुुर राईले बताए । उनका अनुसार उपेन्द्र बस्नेतका छोरा उलब शनिबारबाट हराइरहेका थिए । उपेन्द्र नेपाल प्रहरीमा कार्यरत छन् ।

Advertisement

केही साथीहरुसँग खेल्ने क्रममा बालक खोलामा पुगेको र डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको बताउँदै डीएसपी राईले घटनाका बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)