[addthis tool="addthis_inline_share_toolbox_d1e7"]
 डेक्स प्रमुख/हल्दिबारी मिडिया चन्द्रगढी/ भारतबाट काँकडभिट्टाको नाका हुदै नेपाल प्रवेश गरेका आठ जनामा कोरोना भाइरसको एन्टिजिन पोजेटिभ देखिएको छ।
उनीहरू सबै भारतको दिल्लीबाट आएको र तीमध्ये तीन महिला र पाँच जना पुरुष रहेका इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपीले जानकारी दिए। उनका अनुसार झापा बुद्धशान्ति र दमकका एक÷एक जना, सुर्खेतका एक, इटहरीका दुई, धरानका एक, ललितपुरका एक र सप्तरी एक जना रहेका छन् ।
भारतमा कोरोना संक्रमण फैलिएसँगै अहिले नेपाली नागरिकलाई सीमामै स्वास्थ्य जाँच गरी नेपाल प्रवेश गर्न दिइरहेका र भारतीयलाई अति आवश्यक कामबाहेक प्रवेश निषेध गरेका साथै मजदुरको हकमा पूर्ण बन्देज लगाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार