हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पश्चिम नवलपरासीमा एकैसाथ ६७ वटा गिद्ध मृत फेला

 नवलपरासी । पश्चिम नवलपरासीमा एकैसाथ ६७ वटा गिद्ध मृत फेला परेका छन् । जिल्लाको रामग्राम नगरपालिका वडा ४ जितपुरस्थित पर्तीजग्गामा ६७ वटा गिद्ध मृत फेला परेका हुन् ।

Advertisement

एउटा गिद्ध बिरामी अवस्थामा फेला परेको छ । बिरामी गिद्धको उपचार भैरहेको छ । सो क्षेत्रमा मारेर फालिएको कुकुरको सिनो खाएका कारण यति धेरै गिद्धको मृत्यु भएको अनुमान गरिएको छ । स्थानीयवासीका अनुसार जितपुरका एक व्यक्तिले विष खुवाई मारेर फालेको कुकुर खाएका कारण गिद्धको मृत्यु भएको अनुमान गरिएको छ ।

Advertisement

स्थानीयवासीका अनुसार मंगलबार दिउँसो ३ बजे आएका गिद्ध सिनो खाएर अचानक बिरामी भएर मर्न थालेका थिए । बिरामी गिद्ध धमाधम मर्न थालेपछि स्थानीयवासीले सम्बन्धित निकायमा सूचना दिएका थिए, तर चासो नदिएको गुनासो गरेका छन् ।स्थानीयवासीका अनुसार डंगर अति संकटापन्न गिद्ध ३१ वटा, सानो खैरो अति संकटापन्न गिद्ध एउटा, हिमाली संकटापन्न ३३ वटा र राजगिद्ध (संरक्षित) २ वटा गरि कुल ६७ वटा गिद्ध मरेका छन् ।

मृत कुकुरको सिनोमा विषादी रहेको हुनसक्ने र सोही सिनो खाएर गिद्ध मरेको हुनसक्ने नेपाल पंक्षी संरक्षण संघ बुटवलले जनाएको छ । कुकुर मारेर खुल्ला ठाउँमा फाल्ने व्यक्तिको समेत खोजी कार्य भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)