देश कोरोनाका कारण पुन लक डाउन तर्फ उन्मुख छ। यसले कतिपयको रोजगारी खोसेको छ भने कतिपयको ब्यापार चौपट पारि दिएको छ। केहिलाई छोडी सबैलाई कोरोनले नोक्सनी मात्रै थोपरि दिएको छ ।तर,तपाई अलि ” जान्ने ” मान्छेको सल्लाह लिनू हून्छ र त्यसबारे सोच्नु हुन्छ भने तपाईको यस्तो संकट समाधान वा कम हुन मद्दत पुग्न सक्दछ। तपाईले गरि रहेको वा नया गर्ने ब्यबसायबाट मनग्य मुनाफा आर्जन गर्न सक्नु हून्छ।म यहा मैले जानेको केही कुरा सेयर गर्नेछु । सायद तपाईलाई कुनै काम आउछ कि ? मनन गर्नुहोला ।
1.अब ब्यबसाय गर्नेबारे सोच्नुहोस
रोजगारी गरि रहनु भएको छ तर सन्तोशजनक तलब छैन वा रोजगारी दिगो छैन भने अब तुलनात्मक लाभका केही ब्यबसायको लिस्ट बनाउनुहोस र त्यसमध्ये उत्तम एक छान्नुहोस। याद गर्नुहोस कृषी उत्तम, ब्यापार मध्यम र रोजगार खत्तम त्यसै भनिएको होइन।
2.गरि रहेको ब्यबसाय राम्रो छैन भने गल्ति पहिचान गरेर सुधार्नुहोस ।
यदी तपाई कुनै ब्यापार गरि रहनु भएको छ तर राम्रो चलिरहेको छैन वा तपाईलाई सन्तोषजनक लागेको छैन भने तपाईको त्यहा गल्ति रहेको हुन सक्छ। गल्ति पहिचान गरेर सुधार्नुहोस । तपाईको गल्ति देहायको जस्तो हुन सक्छ।
क) तपाइले ब्यापार नै सही छनौट गर्नु भएन कि ? वा
ख) तपाइले ब्यापार गर्ने ठाऊ नै सही छनौट गर्नु भएन कि ? वा
ग) ब्यापार र ठाऊ सही भए पनि तपाईको ब्यापार गर्ने तरिका ठिक भएन कि ?? वा
घ ) सब कुरा ठिक भए पनि तपाईको लागि त्यो ब्यबसाय फिट नहुने खालको थियो कि ??
तपाईलाइ याद छ ?
4/5 क्लासमा तपाईले गणित पढनु भएको थियो । त्यहा,किताबको अगाडीको पानामा प्रश्नहरु राखिएका हुन्थे र उत्तर चही लास्टको पनामा राखिएको हुन्थ्यो । प्रश्न हल गरे पछि उत्तर मिल्यो कि मिलेन भनेर आफैले जाच्नु पर्थ्यो । अब सोच्नुस फेरि, त्यहा लेखिएको उत्तर संग तपाईले निकालेको उत्तर नमिलेको भए तपाईको उत्तर निकाल्ने तरिका गलत रह्यो वा त्यहा लेखिएको उत्तर नै गलत थियो ? बुझ्नु भयो ? उत्तर गलत थिएन । बरु तपाईले उत्तर निकाल्दा कतै गल्ति गर्नु भयो ।
3.कर्जाको प्रबन्ध हून्छ
अब यदी तपाई ब्यबसाय नै गर्ने निर्णयमा पुग्नू भयो तर ब्यबसाय सुरु गर्न रकमको अभाब भो भने त्यस्को पनि उपचार छ । मतलब तपाईले बैंकबाट अत्यन्त कम ब्याजमा कर्जा लिन सक्नु हून्छ। यो कर्जा तपाईले नजिकको बैङ्कबाट ” धितो राखेर वा नराखी ” नै पाऊन सक्नुहून्छ । यो कर्जा तपाईले 5 र 6 % ब्याज छुट अर्थात बार्षिक औषत 1 देखि 5 % ब्याज तिर्नू पर्ने गरि पाऊन सक्नुहून्छ।तर ” बिना धितोको कर्जा ” चाही माग्ने जति सबैले पाउदैन । तर तपाईले बिना धितो नपाए धितो राखेरै पनि लिदा नोक्सान हुन्न् ।
4.कृषिमा अनुदान पनि हून्छ
यदी तपाईले कृषी वा पसुपन्छी सम्बन्धी ब्यबसाय गर्न खोजी रहनु भएको छ भने यसमा केन्द्रीय,प्रादेशिक वा स्थानिय सरकारबाट अनुदान सहयोग समेत पाऊन सक्नु हून्छ। कृषि वा पसुपन्छी सम्बन्धी सबै ब्यबसाय नाफा मुलक हुन्छन। तर ब्यबसाय छनौट गर्न नजान्दा वा सही तरिकाले गर्न नसक्दा भने नोक्सानी हुं सक्छ। त्यसैले कृषि तथा पसुपन्छी सम्बन्धी ब्यबसायमा जानकारको सल्लाह लिएर मात्रै हात हाल्नुहोस ।
5.मेरो सहायता
मैले उपरोक्त बिसयमा आधारभूत रिसर्च गरेर जानकारी ग्रहण गर्ने कोसिस गरेको छू । यदी मेरो सहायताको महसुस गर्नु भए भन्नुहोला । म सकेको सहायता गर्नेछु ।
धन्यबाद
सुशील ढुंगाना
तिनकुने,काठमाडौं
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार