आइपिएल अन्तर्गत सोमबारका लागि तय भएको कोलकता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल स्थगित भएको छ।

कोलकताका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएपछि खेल स्थगित गरिएको हो।  कोलकताका स्पिनर बरुण चक्रवती र तीव्र गतिका बलर सन्दीप वारियरलाई कोरोना संक्रमण भएको हो।कोलकता र बैंग्लोबीचको खेल १४औं सिजनको ३०औं खेल हो।

सुरूवाती चार खेलमा जित निकालेको बैंग्लोरले पछिल्लो तीन खेलमा दुई हार बेहोरिसकेको छकोलकताले ७ मध्ये २ खेल मात्र जितेको छ। ४ अंक जोडेको कोलकता अंक तालिकाको सातौं स्थानमा छ। बैंग्लोर १० अंकसहित तेस्रो स्थानमा छआइपिएलमा यसअघिका २९ खेलअघि कोरोना कारण असर गरेको थिएन।

पछिल्लो समय भारतमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिरहेको छ। दैनीक ४ लाख बढीमा संक्रमण भइरहदा ३ हजार बढीको मृत्यु हुने गरको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार