[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

हल्दिवारी गाउँपालिकामा टेस्ट गरेको रिपोर्ट अनुसार २५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । आज सोमबार १२ जनाको गरिएको एन्टिजिन परिक्षणमा ३ जनामा संक्रमणको लक्ष्यण देखिएको हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले बताउनु भएको छ।

त्यस्तै वडा नम्बर २ र ३ का १/१ पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको छ । आज एन्टिजिन पोजेटिभ देखिएका वडा नम्बर ५ र ३ का भएको स्वास्थ शाखा प्रमुख निरौलाले बताउनु भयो ।

हल्दिवारी गाउँपालिका टेस्टको आधारमा अति जोखिम भएको गाउँपालिकामा रहेको छ । एन्टिजिन र पिसिआर टेस्ट रिपोर्ट लाई आधार मानेर हेर्ने हो भने यहा २५ प्रतिशत भन्दा बढिमा संक्रमणको लक्ष्यण देखिन थालेको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार