बिर्तामोड । बिर्तामोडका २५ बालबालिका कोरोना भाइरसबाट संक्रमित भएका छन् ।संक्रमित बालबालिका मध्ये १७ बालक र ८ जना बालिका रहेका छन् । उनीहरु होम आइसोलेसनमा छन् ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि हाल बिद्यालय बन्द छन् ,उनीहरु समाज बाटै संक्रमित भएका हुन। होम आइसोलेसनमा रहेका बालबालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिका सिनियर अहेव दीपक सापकोटा बताए ।बिर्तामोड नगरपालिकामा २९ हजार भन्दा बढी बालबालिका रहेका छन् ।


घना आवादी भएको बिर्तामोड पहिलो लहरमा पनि कोरोनाको हटस्पट बन्न लागेको थियो । यतिबेला गाउँमा भन्दा शहरमा कोरोना संक्रमण बढ्दो छ ।बिर्तामोडको अबस्थालाई हेर्दा संक्रमित अप्रत्याशित रुपमा थपिदै गएको सिनियर अहेव दीपक सापकोटाले बताए । कोरोना संक्रमण बढ्दो दरमा रहेको उनको भनाई छ ।