हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने संवैधानिक बाध्यता

संवाददाता – संसदबाट विश्वासको मत गुमाएर कामचलाउ भैसकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै नयाँ प्रधानमन्त्री बनाउनुपर्ने वाध्यता रहेको दाबी ओली समुहले गर्न थालेका छन् ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गरिसकेकी छन् । बहुमतको सरकार गठन गर्न ३ दिनको समय सीमा तोकिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकार गठन गर्न पहल थालिसकेका छन्।

Advertisement

यस्तो बेलामा एमाले ओली समुहका नेताहरूले ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने संवैधानिक बाध्यता रहेको बताउन थालेका छन् । ओली समुहका प्रभावशाली नेताल मानिने लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले केपी ओली नै फेरि प्रधानमन्त्री हुने दाबी गरेका छन् ।

उनले विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने दाबी गर्दै यस्तो बताएका हुन् । एमाले नेता पोखरेलले प्रधानमन्त्रीमा फेरि ओलीलाई नै खोज्नुपर्ने बाध्यता रहेको दाबी गरेका हुन् ।

पोखरेलले भनेका छन्, ‘संसदले धारा ७६(२)को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा ७६ (३) अन्तरगत उही प्रमलाई खोज्नुपर्ने वाध्यता छ।’ समयमै विपक्षी गठबन्धनले विकल्प दिन नसक्दा ठूलो दलको हैसियतले ओलीकै नेतृत्वको सरकार बनाउनुपर्ने बाध्यता रहने उनको भनाइ छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)