काठमाडौं । सन् २०१९को अन्तिम सूर्यग्रहण अहिले देखिइरहेको छ ।नेपाली समय अनुसार यो ग्रहण ८ बजेर ४२ मिनेटमा देखिने खगोलशास्त्रीहरुले बताएका छन् । सो ग्रहण ११ बजेर ३१ मिनेटमा समापन हुनेछ ।

प्लेनेटरी सोसाइटी अफ इन्डियाका निर्देशक रघुनन्दनले बीबीसीलाई जनाएअनुसार एक दशकमा पर्ने ४–५ सूर्य ग्रहणको तुलनामा आजको सूर्यग्रहण सबैभन्दा बढी देखिनेछ ।यसै आधारमा यो सूर्यग्रहणलाई शताब्दिकै सबैभन्दा ठूलो सूर्यग्रहण भनिदै छ ।

हुनत हरेक वर्ष सूर्य र चन्द्र ग्रहण भइरहन्छन् र पृथ्वीका विभिन्न भागबाट विभिन्न हिसाबले देखिन्छन् ।तर अहिलेको सूर्यग्रहण पृथ्वीको ठूलो क्षेत्रमा देख्न सकिने विज्ञहरुले बताएका छन् ।रघुनन्दनका अनुसार यो खगोलीय घटना भारत, नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, चीन र अष्ट्रेलियाबाट एकै साथ देखिनेछ ।

यो ग्रहण सन् २०१९ को अन्तिम र तेस्रो सूर्यग्रहण हो ।

आज सूर्यग्रहणः खाली आँखाले हेर्न हुँदैन
यसअघि ६ जनवरीमा पहिलो र २ जुलाईमा दोस्रो सूर्यग्रहण लागेको थियो । ती दुवै आंशिक ९खण्डग्रास० सूर्यग्रहण थिए ।ती ग्रहण भारतलगायतका क्षेत्रमा देखिएका थिएनन् ।भारतको पीआईबीद्वारा जारी गरिएको सूचनामा भारतका बाँकी हिस्साको तुलनामा दक्षिणी भारतबाट यो ग्रहण राम्रोसँग देखिनेछ ।

वैज्ञानिकहरु र यस मामिलामा जोडिएका विद्यार्थीले पनि आजको सूर्यग्रहणलाई उत्सुकतापूर्वक लिएको पाइएको छ ।खासमा यो घटना चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएका कारण हुने हो ।यद्यपि विश्वका विभिन्न मुलुकमा यसबारेमा आआफ्नै खालका अन्धविश्वाससमेत रहेका छन् ।

आजको सूर्य ग्रहण यसकारणले पनि महत्वपूर्ण मानिएको छ कि यो ‘रिंग अफ फायर’को रुपमा देखिनेछ । अर्को सूर्यग्रहण २१ जुन २०२० मा लाग्ने जनाइएको छ । (बीबीसी तथा अन्य एजेन्सीको आधारमा )

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार