हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी -१ गोलधापको कठोर निर्णय ,औसधि पसल बाहेक सबै गतिबिधीमा प्रतिबन्ध !

हल्दिवारी गाउँपालिका वडा न. -१ ले आजराती १२ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्म पुर्णरुपमा लकडाउन गर्ने भएको छ। वडा अध्यक्ष त्रिलोचन सापकोटाका अनुसार औषधि पसल बाह्वेक सबै व्यापार व्यवसाय ,संघ सस्था ,यातायात तथा हिडडुललाई समेत प्रतिबन्ध गर्ने भएको हो ।

Advertisement

एक नम्बर वडामा १९ जनामा कोरोना संक्रमीत देखिएको छ भने २ जनाको अवस्था गम्भीर रहेकोले आफ्नो वडा भित्रका सम्पुर्ण गतिविधिलाई कडाइका साथ लागू गर्न सर्वदलीय – सर्वपक्षीय बैठकले कडाइ गर्ने निर्णय गरेको वडा अध्यक्ष सापकोटाले हल्दिवारी डटकमलाई बताउनु भयो ।

Advertisement

उनका अनुसार संक्रमणकालिल सूचना को अबज्ञा गर्ने जो कोहिलाई संक्रमण रोग ऎन २०२० अनुसार गर्ने समेत बैठकले निर्णय गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)