स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिश

झापा - काठमाडौं विश्वविद्यालय (केयू)ले झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिश गरेको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । त्यसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेस्म्म कलेजको निरीक्षण गरेको थियो ।

Advertisement

३१ वैशाखमा बसेको केयू कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदनका आधाारमा चिकित्सा शिक्षा ऐनको दफा १३९६० अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article